फन्डिङ फुकुवासँगै आईसीसीबाट वार्षिक १३ लाख ६० हजार डलर पाउन नेपाललाई सहज – Nepal Press

फन्डिङ फुकुवासँगै आईसीसीबाट वार्षिक १३ लाख ६० हजार डलर पाउन नेपाललाई सहज

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)ले नेपालमाथिको कन्ट्रोल्ड फन्डिङ फुकुवा गरेसँगै नेपाल क्रिकेट संघ(क्यान) उत्साही देखिएको छ।

सन् २०१९ मा नेपालमाथिको निलम्बन फुकुवा गरेपनि आईसीसीले उपलब्ध गराउँदै आएको नियमित फन्डिङ भने सहजरुपम उपलब्ध हुन सकेको थिएन। सन् २०१५ मा नेपाललाई निलम्बन गरेपछि आवश्यक पर्ने खर्च आईसीसीले नै प्रत्यक्षरुपमा भुक्तान गर्ने गरेको थियो।

एकदिवशीय अन्तर्राष्ट्रियको मान्यता पाएपछि नेपालले वार्षिकरुपमा पाउने फन्डिङ १३ लाख ६० हजार अमेरिकी डलर रहेको छ। त्यसअघि नेपालले वार्षिक पाउने फन्डिङ ७ लाख ४८ हजार अमेरिकी डलर रहेको थियो।

‘यसबीचमा हामीले खर्च गरेर बिल पठाएपछि मात्र आईसिसीले आवश्यक रकम उपलब्ध गराउने गर्थ्यो। त्यसले गर्दा हामीले उदारोमै कामहरु गर्नुपर्ने अवस्था थियो। तलब र भत्ता समेत समयमा दिन सकिएको थिएन,’क्यानका कार्यबहाक सचिव प्रशान्तविक्रम मल्ल भन्छन्।

अब उनले कार्यक्रमहरु बनाएर पठाएपछि आईसिसीले रकम उपलब्ध गराउने र कार्यान्वयन गर्न सकिने बताए। आईसिसीले वार्षिकरुपमा उपलब्ध गराउने रकम विभिन्न चार क्वाटरमा उपलब्ध गराउँछ।

उनले निलम्बनबीच रोकिएको रकम उपलब्ध गराउन पनि विभिन्न कार्यक्रमहरु बनाएर आईसीसीलाई पठाउन लागिएको बताए। ‘ठ्याक्कै कति रकम रोकिएको छ त भन्न सकिन्न तर कम्तिमा पनि १५ देखि २० करोड रुपैयाँ रोकिएको हुन सक्छ। हामीले पूर्वाधार निर्माणलगायतका योजना बनाएर पठाउन लागेका छौँ उनले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *