आज लोकसेवा आयोगको वार्षिकोत्सव, राष्ट्रपतिले उद्घाटन गर्ने – Nepal Press

आज लोकसेवा आयोगको वार्षिकोत्सव, राष्ट्रपतिले उद्घाटन गर्ने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकसेवा आयोगको ७१ ‍औँ वार्षिकोत्सवको उद्‌घाटन गर्ने भएकी छन् । आयोगले आज बिहान साढे १० बजे काठमाडौंको कमलपोखरीस्थित केन्द्रीय कार्यालयमा कार्यक्रम आयोजना गर्दैछ ।

वार्षिकोत्सवको उद्घाटन राष्ट्रपति भण्डारीले गर्ने कार्यक्रम तय भएको आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिए ।

वि।सं। २००८ असार १ गते लोकसेवा आयोगको स्थापना भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित खवर