मधेस सरकारले ४२ अर्बको हाराहारीमा बजेट ल्याउँदै, गत वर्षकै योजनालाई निरन्तरता – Nepal Press

मधेस सरकारले ४२ अर्बको हाराहारीमा बजेट ल्याउँदै, गत वर्षकै योजनालाई निरन्तरता

जनकपुरधाम । मधेस सरकारले पनि आर्थिक वर्ष २०७९/०८० को बजेट आज ल्याउने भएको छ । बजेट प्रस्तुत गर्न आज दिउँसो ४ बजे प्रदेशसभा बैठक डाकिएको छ । प्रदेश सभामा अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले बजेट प्रस्तुत गर्ने छन् ।

यसवर्ष करिव ४२ अर्बको हाराहारीमा बजेट ल्याउने तयारी गरेको बताइएको छ । गतवर्ष ३८ अर्वको बजेट ल्याएका थियो । अगामी आवको बजेट करिब ८ अर्व बढी हुनेछ ।

बजेटमा कृषि, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखिने अर्थमन्त्री साहले बताएका छन् । विगतका योजनाहरुलाई निरन्तरता दिंदै कक्षा १२ मा अध्ययनरत छात्रालाई ल्यापटप दिने र गरिबलाई पालिकाको सिफारिसमा सरकारी अस्पतालमा निस्शुल्क उपचार सेवा प्रदान गरिने लगायतका नयाँ कार्यक्रम ल्याएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *