मेलम्ची खानेपानी आयोजनामा काम गर्ने कामदारको करेन्ट लागेर मृत्यु – Nepal Press

मेलम्ची खानेपानी आयोजनामा काम गर्ने कामदारको करेन्ट लागेर मृत्यु

काठमाडौं । करेन्ट लागेर काठमाडौंको सुन्दरीजलमा एक जनाको मृत्यु भएको छ । सुन्दरीजलस्थित मेलम्ची खानेपानी आयोजनामा काम गर्ने क्रममा करेन्ट लागेर गोकर्णेश्वर नगरपालिका १ सुन्दरीजलका २६ वर्षीय सनम तामाङको मृत्यु भएको हो ।

सुन्दरीजलस्थित मेलम्ची खानेपानी आयोजनामा काम गर्ने क्रममा मंगलबार दिउँसो करेन्ट लागरे घाइते हुँदा तत्काल उपचारको लागि नेपाल मेडिकल कलेज अत्तरखेल लैजाने क्रममा उनको मृत्यु भएको थियो ।

प्रहरी बृत्त बौद्धबाट प्रहरी अधिकृतसहितको अनुसन्धान टोलीले शवलाई पोष्‍टमार्टमको लागि त्रि। बि। शिक्षण अस्पताल महाराजगञ्‍ज पठाइएको छ ।

घटनाको सम्बन्धमा प्रहरी बृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *