प्रदेश १ सरकारले आज ३७ अर्ब हाराहारीको बजेट ल्याउँदै – Nepal Press

प्रदेश १ सरकारले आज ३७ अर्ब हाराहारीको बजेट ल्याउँदै

विराटनगर। प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि आज बजेट ल्याउँदैछ ।प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र इन्द्र आङ्म्बोले प्रदेश सभाको आज बस्ने बैठकमा आर्थिक वर्ष २०७९/०८०को लागि राजस्व तथा व्ययको बार्षिक अनुमान प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

कृषिलाई मुख्य प्राथमिकतामा राखेर प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ३७ अर्ब हाराहारीको बजेट ल्याउन लागेको हो । चालू आर्थिक वर्षको भन्दा २० प्रतिशतले बजेटको आकार बढाए। सरकारले बजेट ल्याउने तयारी गरेको हो ।

आर्थिक मामिला तथा योजना ममन्त्रालय स्रोतका अनुसार चालू आर्थिक वर्षको बजेट ३२ अर्ब ४६ करोडको थियो । संघीय सरकारबाट सामान्यीकरण अनुदान र राजश्व बाँडफाँडबाट करिब १० प्रतिशत वृद्धि भएर प्राप्त भएको छ । आफ्नो राजश्व पनि १० प्रतिशत हाराहारी वृद्धि हुने अपेक्षा राखेको छ ।

प्रदेश सरकारले कृषि, उद्योग, रोजगारी सिर्जनालाई प्राथमिकता दिँदा उत्पादकत्व वृद्धि हुने, रोजगारी सिर्जना हुने र आयात प्रतिस्थापन हुने लक्ष्य राखेको छ ।

कृषि क्षेत्रमा प्रदेश सरकारले उत्पादनको आधारमा अनुदान कार्यक्रम पाइलट प्रोजेक्टको रुपमा लागू गर्ने भएको छ ।

त्यसैगरी प्रदेश सरकारले आयातलाई प्रतिस्थापन गर्ने र उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने लक्ष्य बजेटमा लिएको छ । प्रदेश सरकारले प्राथमिकता प्राप्त पूर्वाधार प्रदेश लोकमार्ग, प्रदेशका कतिपय रणनीतिक सडकहरू, खानेपानी, सिंचाई लगायतका ठूला आयोजनालाई आगामी आर्थिक वर्षमै सम्पन्न गर्ने गरी बजेटको व्यवस्था गर्ने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *