काठमाडौं उपत्यकासहित प्रदेश १ र गण्डकीका केही क्षेत्रमा भारी वर्षा – Nepal Press

काठमाडौं उपत्यकासहित प्रदेश १ र गण्डकीका केही क्षेत्रमा भारी वर्षा

काठमाडौं  ।  आज बिहान काठमाडौं उपत्यकासहित प्रदेश १, मधेश र बागमतीका थोरै स्थानमा भारी वर्षा भएको छ ।

दिउँसो प्रदेश १, मधेश, बागमती र गण्डकीका केही तथा बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, बागमती र गण्डकीका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

राति प्रदेश १ र बागमतीका का एक वा दुई स्थानमा भारी वर्षाको आँकलन गरिएको छ ।

बिहीबार प्रदेश १, मधेश, बागमती र गण्डकीका केही र बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ ।

शुक्रबार प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ ।

हाल देशको प्रदेश १, मधेश प्रदेश, बागमती र गण्डकीमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भूभागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *