इटालीमाथि जर्मनको सहज जित – Nepal Press

इटालीमाथि जर्मनको सहज जित

काठमाडाैं। यूईएफए नेसन्स लिग फुटबलअन्तर्गत लिग ए अन्तर्गत मंगलबार राती भएका खेलमा जर्मनीले इटालीलाई ५-२ गोलले हराएको छ।

जर्मनीको जितमा टिमो वेर्नरले दुई तथा थोमस मुलर, जोसुवा किम्मिच र इल्के गुन्डोगानले एक एक गोल गरे। पहिलो हाफमा २-० गोलले अगाडि रहेको जर्मनीले मध्यान्तरपछि ३ गोल थपेको थियो। खेलमा ५-० गोलले पछाडि रहेको अवस्थामा इटालीले दुई गोल फर्काएको हो।

यो नतिजापछि लिग-ए को समूह-३ मा जर्मनी ४ खेलबाट ७ अंक जोडेर दोस्रो स्थानमा रह्यो। इटालीले ४ खेलबाट ५ अंक प्राप्त गर्‍यो। चार खेलबाट ९ अंक भएको हंगेरी नेसन्स लिगमा पुगेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *