सचिव बढुवाका लागि सिंहको नाम सिफारिस – Nepal Press

सचिव बढुवाका लागि सिंहको नाम सिफारिस

काठमाडौं । नेपाल सरकारको सचिव पदमा बढुवाका लागि एक सहसचिवको नाम सिफारिस भएको छ ।

सचिव बढुवा सिफारिस समितिले नेपाल प्रशासन सेवातर्फ रिक्त एक सचिव पदका सहसचिव विनोदप्रकाश सिंहको नाम सिफारिस गरेको हो ।

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा मङ्गलवार सिंहदरबारमा बसेको बढुवा सिफारिस समितिको बैठकले निजामती सेवा ऐनअनुसार ज्येष्ठताका आधारमा सिंहको नाम मात्र बढुवाका लागि सिफारिस गरेको समितिले जनाएको हो ।

कार्यसम्पादन मूल्याङ्कनका आधारमा हुने बढुवामा लगातार ४ पटकसम्म एक सचिवका लागि तीन सहसचिव र पाँचौँ पटक ज्येष्ठताबाट एक जना मात्र ज्येष्ठ सहसचिवको नाम सिफारिस गर्ने व्यवस्था छ । त्यसै व्यवस्था अनुसार सिंहको नाम मात्र सिफारिस भएको हो ।

सिंह सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सञ्चार महाशाखाको प्रमुख एवं मन्त्रालयको प्रवक्ताको जिम्मेवारीमा छन् ।

अब बस्ने मन्त्रिपरिषद् बैठकले सिफारिस सिंहलाई सचिवमा बढुवा गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर