जेलमा रहेका गुन्डा नाइकेलाई भेटेको भन्दै डीएसपी केसीमाथि छानबिन – Nepal Press

जेलमा रहेका गुन्डा नाइकेलाई भेटेको भन्दै डीएसपी केसीमाथि छानबिन

काठमाडौं । जेलमा रहेका गुन्डा नाइके समिरमानसिंह बस्न्यातलाई भेटेको भन्दै काठमाडौं प्रहरी परिसरले महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रमुख मिलन केसीमाथि छानबिन अगाडि बढाएको छ।

डीएसपीमाथि सोधपुछ लगायतका कामहरू भइरहेको परिसर स्रोतले जनाएको छ । केसीले आइतबार बस्न्यातलाई भेटेका थिए । नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरद गौचनको हत्या अभियोगमा बस्न्यात जेलमा रहेका छन् ।

उनी अनुसन्धानका क्रममा पुगेका थिए की अन्य कामले भन्नेबारे प्रहरीले केही खुलाएको छैन । मङ्गलवार बिहान डीएसपी केसीलाई टेकुस्थित परिसर कार्यालयमा बोलाइएको थियो ।

काठमाडौं प्रहरी परिसर प्रमुख सुदिप गिरीले छानबिन समिति गठन गरिएको बताए । उनका अनुसार परिसरमै दरबन्दी रहेका एसपी दिनेश मैनालीको संयोजकत्वमा छानबिन समिति गठन भएको छ।

‘व्यावसायिक कामले पुगेको भए हामीलाई रिपोर्टिङ हुनुपर्थ्यो। बाँकी सम्बन्धमा समितिले छानबिन गर्छ’, एसएसपी गिरीले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर