बेलायतको क्याट्रीक ग्यारिजनमा भ्वाइस अफ नेपालका विजेता लिम्बुको सांस्कृतिक प्रस्तुति – Nepal Press

बेलायतको क्याट्रीक ग्यारिजनमा भ्वाइस अफ नेपालका विजेता लिम्बुको सांस्कृतिक प्रस्तुति

बेलायत । नेपाली गायक गायिकाहरुले बेलायतको क्याट्रीक ग्यारिजनमा सांस्कृतिक प्रस्तुति दिएका छन् । सुनगाभा इन्टरटेन्डमेन्टको प्रस्तुतीमा ब्रिटीस् गोर्खाज् एण्ड नेप्लीज कम्यूनिटीको सहयोगमा नेपाली गायक गायिकाहरुले सांस्कृतिक प्रस्तुति दिएका हुन् ।

कार्यक्रममा भ्वाइस अफ नेपाल ३ का बिजेता राम लिम्बु, गायिका सन्जु मोक्तानसहित बेलायतमा बसोबास गरिरहेका स्थानीय कलाकारहरुको सांगितिक प्रस्तुति दिएका थिए ।

ब्रिटीस् गोर्खाज् एण्ड नेप्लीज कम्यूनिटीका अध्यक्ष बिनी गुरुङले सबैलाई सांस्कृतिक स्वागत गरे ।

‘नेपाली गीतसंगीतको प्रवद्र्धनसहित नेपाली कलाकारहरुको सम्मान गर्न कार्यक्रम आयोजना गरेका हौं’ आयोजक नन्दराज राईले भने ‘आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु आयोजना गरिरहनेछौं ।’

लिम्बु र मोक्तानलाई बेलायतमा बसोबास गरिरहेका स्थानीय गायिका अनिला राई, गायक सोम लिम्ब, बिबेक मगर र डान्सर सुब्रिना लिम्बुले साथ दिएका थिए ।

नेपालको राष्ट्रिय गानबाट सुरु गरिएको कार्यक्रममा गायकगायिकाले राष्ट्रियभावले ओतप्रोत ‘यो नेपाली शिर उचाली, यो मन त मेरो नेपाली हो’ जस्ता गीत गाउदा“ हल पुरै गुञ्जिएको थियो ।

सहभागीहरुले आफ्नो जातजाति चिनाउने मौलिक पहिरन लगाएर नाचे । शेर्पा, राई , गुरुङ, लिम्बु, मगर लगायतका जातजातिले आफ्नो पहिरन पहिरिएका थिए । ‘बिदेशमा नेपाल र नेपालीलाई कति माया गर्दारहेछन् भनेर यस कार्यक्रममा देख्न पाए’ कार्यक्रममा सहभागी तारा राईले खुसी हुदै सुनाइन्,‘जहा पुगे पनि आफ्नो जन्मभूमि र त्यहाँका दाजुभाई प्रति प्रगाढ प्रेम छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *