चार महिनापछि राप्रपामै फर्किए उद्धव पौडेल र चन्द्र गुरुङ – Nepal Press

चार महिनापछि राप्रपामै फर्किए उद्धव पौडेल र चन्द्र गुरुङ

काठमाडौं । राप्रपा नेपाल परित्याग गरेका दुई नेता उद्धव पौडेल र चन्द्र गुरुङ पुरानै पार्टी राप्रपामा फर्किएका छन् । उनीहरु चार महिना अगाडि मात्रै राप्रपा छोडेर राप्रपा नेपालमा लागेका थिए ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले पौडेल र गुरुङलाई खादा लगाएर पार्टीमा स्वागत गरे । नेताद्वयको पुनरागमनबाट आफूहरु हर्षित र उत्साहित बनेको उनले बताएका छन् । पौडेल राप्रपा नेपालमा उपाध्यक्ष थिए भने गुरुङ कोषाध्यक्ष थिए ।

उनीहरुको बहिर्गमनले अध्यक्ष कमल थापालाई ठूलै झट्का लागेको छ । भर्खरै सम्पन्न स्थानीय चुनावमा राप्रपा नेपालले निराशाजनक परिणाम हात पारेको थियो । राप्रपाको महाधिवेशनमा हार व्यहोरेपछि कमल थापाले पार्टी फुटाएर राप्रपा नेपाल गठन गरेका थिए । तर, राप्रपाका अधिकांस नेताहरुको साथ उनले पाएनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर