लुगा लगाउन अल्छी लाग्दा एक जर्मन मोडेलले शरीरभरि खोपाइन् ट्याटु – Nepal Press

लुगा लगाउन अल्छी लाग्दा एक जर्मन मोडेलले शरीरभरि खोपाइन् ट्याटु

बार्लिन । जर्मनीकी एक मोडलले आफ्नो शरीरभरि ट्याटु खोपाएकी छन् । उनको शरीरमा कुनै ठाउँ बाँकी छैन, जहाँ ट्याटु खोपिएको छैन । मोडलले धेरै लुगा लगाउन अल्छी भएका कारण ट्याटु खोपाएको बताएकी छन् । उनको पूरै शरीर रंगीन ट्याटुले भरिएको छ ।

५० वर्षीया मोडल केस्ट्रिन ट्रिस्टनले पाँच वर्षअघिबाट शरीरमा ट्याटु खोपाउन थालेकी थिइन् । बढी कपडा लगाउन दिक्क लागेकाले पूरै शरीरमा ट्याटुले खोपाएको उनले बताएकी छन् । अहिले उनलाई आफ्नो शरीर ढाक्न थोरै लुगा भए पनि चल्छ । जसले आफूलाई निकै सहज महसुस भएको केस्ट्रिन बताउँछिन् ।

केस्ट्रिनले आफ्नो शरीरमा सयौं ट्याटुहरू खोपाइसकेकी छन् । उनको शरीरमामा विभिन्न जनावर र चरा, फूल र पुतलीका ट्याटु छन् । केस्ट्रिनको ट्याटुको रंग पनि फरक छ ।

यति धेरै ट्याटु बनाएर पनि केस्ट्रिनलाई ट्याटु खोपाउने रहर पुगेको छैन । उनी आफ्नो शरीरमा थप ट्याटु बनाउन चाहन्छिन् । तर, शरीरमा कतै पनि ठाउँ खाली नहुँदा उनी बिलखबन्दमा छिन् ।

केस्ट्रिनले ट्याटुले भरिएको आफ्नो शरीरको तस्बिर सामाजिक सञ्जालमा राखेकी छन् । उनका लाखौं फलोअर छन् । ती तस्बिरबाट केस्ट्रिनले करोडौं कमाउने गरेको बताइन्छ । आफ्नो उमेर ढल्के पनि ट्याटुले आफूलाई सुन्दर बनाएको उनी विश्वास गर्छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर