कुडा कर्नालीका- नेताले आफन्तलाई टिकट दिए, जनताले अर्कैलाई जिताए – Nepal Press

कुडा कर्नालीका- नेताले आफन्तलाई टिकट दिए, जनताले अर्कैलाई जिताए

सुर्खेत । नेपालप्रेसले वैशाख १४ गते ‘कर्णाली कहर : प्रदेशका शीर्ष नेतालाई आफ्नै साली, श्रीमती र श्रीमान् उम्मेदवार बनाउने रहर’ भन्ने शीर्षकमा कर्णालीका शीर्ष नेताहरुले श्रीमतीदेखि साली सम्मलाई टिकट वितरण गरिएको भन्ने समाचार प्रकाशित गरेको थियो ।

स्थानीय तहको मात्रै होइन, कर्णालीका अधिकांश जिल्लामा जिल्ला समन्वय समितिको निर्वाचन सम्पन्न हुने अवस्थासम्म नेताका आफन्तले मौका पाएका छन् भने नेताबाट टिकट लिएर गएका आफन्त भने अधिकांश जनताबाट अश्वीकृत भएका छन् ।

आफ्नै हस्ताक्षरमा टिकट वितरण गर्ने अवसर पाएका नेकपा एमालेका प्रदेश अध्यक्ष विनोदकुमार शाहले आफ्नी श्रीमती लक्ष्मीदेवी शाहलाई दैलेखको ठाटीँकाध गाउँपालिका अध्यक्षको उम्मेदवार बनाएका थिए ।

एमालेको आधारक्षेत्रको रुपमा रहेको ठाँटीकाँधमा एमाले पराजित भएको छ । यहाँ नेपाली काँग्रेस बहुमत वडा जित्दै विजयी बनेको छ । काँग्रेसका रक्ष बहादुर शाहीले २५७१ मत ल्याएर विजयी बन्दा लक्ष्मीदेवी शाहले २२७९ मत ल्याईन् । यहाँ २९२ मतले काँग्रेसका रक्ष विजयी भए ।

नेकपा माओवादीको प्रदेश अध्यक्ष विमला केसीले रुकुमपश्चिममा पति वसन्तकुमार शर्मालाई टिकट दिलाएकी थिईन् । शर्माले रुकुमको मुसिकोट नगर प्रमुखमा टिकट पाएका थिए । नेकपा माओवादीको गढको रुपमा रहेको रुकुम पश्चिमको सदरमुकाममा माओवादीले हार चाख्नु परेको छ । यहाँ काँग्रेसले वाजी मारेको छ ।

काँग्रेसका महेन्द्र केसीले ६,९१४ मत ल्याउँदा माओवादीका वसन्तकुमार शर्माले ६,९०१ मत ल्याएर पराजित भए । यहाँ काँग्रेसका केसी १३ मतान्तरले विजयी हुँदा उनलाई एमालेको साथ थियो ।

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सालीलाई दैलेखको नारायण नगरपालिका प्रमुखको टिकट दिलाएका थिए । दैलेखमा मेयर पदमा निर्मला थापाले टिकट पाएकी थिईन । यहाँ एमालेले गठबन्धनलाई हराउँदै मेयरमा वाजी मारेको छ । एमालेका लोमन शर्माले ५४३६ मत ल्याए भने काँग्रेसकी थापाले ५३५७ मत ल्याइन् । यहाँ एमालेका शर्माले ७९ मतले थापालाई पराजित गरेका हुन ।

यस्तै संघीय सरकारको अर्थमन्त्री जनार्दन शर्माका मामाका छोरा आकाश भनिने लक्ष्मीप्रसाद शर्मा बर्दियाको मधुवन नगरपालिकाबाट प्रमुख पदमा उम्मेदवार भएका थिए । उनी उम्मेदवार भएपछि निवर्तमान प्रमुख गणेशबहादुर केसी समर्थकले पार्टी कार्यालयमा तालाबन्दीसमेत गरेका थिए । यहाँ नेपाली कांग्रेसले बाजीमारेको छ । कांग्रेसका तेजबहादुर भाटले ८७७५ मत ल्याए भने माओवादीका शर्माले ७९३१ मत ल्याएर पराजित भए । ८४४ मतान्तरमा शर्मा पराजित भएका हुन ।

कांग्रेस नेता कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीका छोरा गणेशबहादुर शाहीले दैलेखको चामुन्डा बिन्द्रासैनी नगर प्रमुखको टिकट पाएका थिए । यहाँ भने एमालेका उम्मेदवार सुर्यबहादुर शाहीलाई पराजित गर्दै शाही विजयी बने । कांग्रेसका शाहीले ४०७० मत ल्याउँदा एमालेका सुर्यबहादुर शाहीले ३९९२ मत ल्याए । एमालेका शाही यहाँ ७८ मतले पराजित भए ।

निर्वाचनको परिणामले नेताहरुको चाहनामा आफन्तलाई टिकट बाँडदा पराजित हुनुपर्ने अवस्था देखिएको चामुण्डाविन्द्रासैनी बाहेक अन्यत्र पुष्टि भएको छ ।


प्रतिक्रिया

One thought on “कुडा कर्नालीका- नेताले आफन्तलाई टिकट दिए, जनताले अर्कैलाई जिताए

  1. अबको न्यूजमा नेताहरुले आफुलाइ सुरक्षीत गर्दा कति हार बेहुर्नु पर्यो भन्ने आवस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर