तत्काल नागरिकता विधेयक ल्याउन सरकारसँग उपेन्द्र यादवकाे आग्रह – Nepal Press

तत्काल नागरिकता विधेयक ल्याउन सरकारसँग उपेन्द्र यादवकाे आग्रह

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले सदनमा तत्कालै नागरिकता विधेयक ल्याउन सरकारसँग आग्रह गरेका छन् ।

प्रेस मञ्च धनुषाले जनकपुरमा आयाेजना गरेकाे पत्रकार सम्मेलनमा अध्यक्ष यादवले आगामी संसदीय निर्वाचनमा मतदान गर्ने अधिकारबाट नागरिकलाई बञ्चित नगर्न तत्कालै नागरिकता विधेयक ल्याउनुपर्नेमा जोड दिएका हुन् ।

उनले भने, ‘नागरिकता प्रमाणपत्र हुनु र नहुनु अलग कुरा हो । नागरिकता प्रमाणपत्र भएपछि मात्र नागरिक हुने चलन कतै छैन । त्यसैले नेपालका हरेक नागरिकलाई निर्वाचनमा सहभागी गराउनुपर्छ ।

‘आमाबुवासँग जन्मसिद्ध नागरिकता छ । तर, उनीहरुका सन्तानलाई अनागरिकको व्यवहार गरिँदैछ’, अध्यक्ष यादवले थपे, ‘त्यसैले नागरिकता विधेयक पारित गरेर नागरिकताविहीन सबैलाई नागरिकता दिनुपर्छ । र, उनीहरुलाई मतदाता नामावलीमा सूचीकृत गराउनुपर्छ ।’

उनले संघीयता कार्यान्वयनका लागि संघीय निजामती ऐन पनि तत्कालै ल्याउनुपर्ने आवश्यकता औंल्याए । मधेसमा ५३ प्रतिशत जनसंख्या रहेको भन्दै जनसंख्याको आधारमा निर्वाचन क्षेत्र तोक्न पनि यादवले माग गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर