उपेन्द्र यादव सहभागी जसपाकाे समीक्षा बैठकमा कुटाकुट, तीन कार्यकर्ता घाइते – Nepal Press

उपेन्द्र यादव सहभागी जसपाकाे समीक्षा बैठकमा कुटाकुट, तीन कार्यकर्ता घाइते

जनकपुरधाम । स्थानीय तहको निर्वाचनको परिणाम विषयमा समीक्षा गर्न बसेको जनता समाजवादी पार्टी (जसपा) धनुषाको बैठकमा कुटाकुट भएको घटना सार्वजनिक भएको छ ।

जनकपुरसँगै जोडिएको लक्ष्मीनियामा रहेको होटल बाबाको ढावामा मंगलवार बसेको जसपाको समीक्षा बैठकमा कुटाकुट भएको हो । बैठकमा जसपा अध्यक्ष उपेन्द्र यादव पनि सहभागी थिए ।

बैठकमा भएको कुटाकुटमा तीन कार्यकर्ता घाइते समेत भएको स्रोतले जनायो । जसपा सबैला नगर अध्यक्ष बैधनाथ रायले चुनावमा केन्द्रीय सदस्य साधु यादव लगायतका समूहले अन्तरघात गरेको आरोप लगाएका थिए । मन्तव्य सकेर बसेलगत्तै उनलाई एक समूहले कुट्न थालेपछि केहिबेर तनाव सृजना भएको थियो। बैठकमा सहभागी एक नेताले सुनाए ।

जसपा नेताहरु सिकिन्दर सिंह यादव, अवधकिशोर रविदास र जितेन्द्र मुखिया लगायतले रायमाथि मुक्का बर्साएका थिए । पछि उनीहरुलाई बैठकबाट निकालेपछि अबस्था साम्य बनेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर