प्रदेश १ समन्वय परिषद्‍ बैठक : मुख्यमन्त्रीले गरे १० जना मनोनीत (सूचीसहित) – Nepal Press

प्रदेश १ समन्वय परिषद्‍ बैठक : मुख्यमन्त्रीले गरे १० जना मनोनीत (सूचीसहित)

विराटनगर । प्रदेश १ को समन्वय परिषद्को आज बसेको बैठकले ‘बैठक सञ्चालन कार्यविधि, २०७९’ स्वीकृत गरेको छ ।

मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले नयाँ कार्यविधि पारित गरेसँगै यसअघिको प्रदेश समन्वय परिषद् (बैठक सञ्चालन) कार्यविधि, २०७५ खारेज भएको छ ।

भर्खरै सकिएको स्थानीय चुनावपछिको पहिलो बैठकले परिषद्‍मा हरेक जिल्लाबाट एकजना जनप्रतिनिधि हुने गरी हाललाई १० जना मनोनीत गरिएको छ । बाँकी समन्वय समिति गठनपछि मनोनीत गरिने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रदेशका १४ जिल्ला हरेकबाट एकजना हुनेगरी स्थानीय तहका प्रमुख वा उपप्रमुख वा जिल्ला समन्वय समितिका प्रमुख वा उपप्रमुखमध्येबाट कम्तीमा एक तिहाइ महिलाको प्रतिनिधित्वसहित हाललाई १४ जना सदस्य मुख्यमन्त्रीले मनोनीत गर्ने व्यवस्था छ । त्यस्तै आर्थिक मामिला तथा योजना र आन्तरिक मामिला तथा कानून मन्त्री पदेन सदस्य रहन्छन् ।

प्रदेश समन्वय परिषद्‍मा विराटनगर महानगरपालिका, मोरङका प्रमुख नागेश कोइराला, सूर्योदय नगरपालिका, इलामका प्रमुख रनबहादुर राई, ऐसेलुखर्क गाउँपालिका, खोटाङका अध्यक्ष गिरेन्द्रबहादुर राई, साल्पासिलिछो गाउँपालिका, भोजपुरका अध्यक्ष दौलथकुमार कलुङ राई, खिजिदेम्बा गाउँपालिका, ओखलढुंगााका अध्यक्ष गम्बु शेर्पा, उदयपुरगढी गाउँपालिका, उदयपुरका अध्यक्ष मानबहादुर केप्छाकी मगर, इटहरी उपमहानगरपालिका, सुनसरीकी उपप्रमुख संगीताकुमारी चौधरी, छथर जोरपाटी गाउँपालिका, धनकुटाकी उपाध्यक्ष गीता गुरुङ, फाल्गुनन्द गाउँपालिका, पाँचथरका उपाध्यक्ष सविता राई र मेरिङदेन गाउँपालिका, ताप्लेजुङका उपाध्यक्ष दुर्गाप्राद श्रेङचङवाङ सदस्य मनोनीत भएका छन् ।

नयाँ मनोनीत सदस्यहरूलाई मुख्यमन्त्री राईले बधाई तथा शुभकामना दिए । सहभागी सदस्यहरूले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० मा प्रस्तुत हुने नीति तथा कार्यक्रमका सम्बन्धमा राय सुझाव दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर