थाइल्याण्डले नेपाललाई दियो ९० रनको लक्ष्य – Nepal Press

थाइल्याण्डले नेपाललाई दियो ९० रनको लक्ष्य

काठमाडौं । आईसीसी यु–१९ महिला विश्वकप छनोट अन्तरगत एसिया छनोटको चौथो खेलमा थाइल्याण्डले नपाललाई ९० रनको लक्ष्य दिएको छ ।

मलेसियास्थित यूकेएम–वाईएसडी क्रिकेट ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको थाइल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाए ८९ रनको योगफल तयार गरेको छ ।

थाइल्याण्डका लागि थिपाचा पुथ्थावोङले सर्वाधिक २० रनको योगदान गरिन् । ओपनर बन्थिदा लिफाथानाले १९ रन र सुवानान् किआवतोले १६ रन बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालको बलिङमा मनिशा कुमारी उपाध्याय र कप्तान कृतिका मरासैनीले समान २ विकेट लिए भने स्नेहा महराले एक विकेट लिइन् ।
आजको खेलमा थाइल्यान्डलाई हराउन सके नेपालको विश्वकपमा छनोट हुने आशा जिवितै रहनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *