सुर्खेत जिल्ला समन्वय समितिमा एमाले-माओवादी गठबन्धन – Nepal Press

सुर्खेत जिल्ला समन्वय समितिमा एमाले-माओवादी गठबन्धन

सुर्खेत । सुर्खेत जिल्ला समन्वय समिति निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धन हुने भएको छ ।

सत्तारुढ गठबन्धन दलहरुबीच जिल्लाको भागवण्डा गरेर पाँच जिल्लामा कांग्रेस, चार जिल्लामा माओवादी र एक जिल्लामा समाजवादीले प्रमुख पाउने भनेर प्रदेश संयन्त्रले निर्देशन दिएपछि त्यस विपरीत एमाले माओवादी गठबन्धन हुने भएको हो ।

एमालेले प्रमुखसहित ६ सदस्य तथा माओवादीले उपप्रमुखसहित तीन सदस्य पाउने भएको छ । यो सहमतिमा नेकपा माओवादी र एमालेका जिल्ला नेताहरूले सम्झौता गरिसकेका छन् ।

‘कांग्रेससँग हाम्रो सहमति हुन सकेन । कांग्रेससँगको सहमति भएकै कारण हामीले स्थानीय तहको निर्वाचनमा ठूलो क्षति व्यहोर्नुपर्यो’ माओवादी केन्द्रका एक नेताले भने, केन्द्रले गरेको गठबन्धनबाट हामीले लोप्पा खाइसकेका छौँ । उस्तै परे हामी प्रदेश तथा संघीय निर्वाचनमा एमालेसँगै मिलेर जान सक्छौंं ।’

सुर्खेतमा जिल्ला समन्वय समितिमा एमालेका ९, माओवादीको एक र कांग्रेसको आठ मतदाता रहेको छ ।


प्रतिक्रिया

One thought on “सुर्खेत जिल्ला समन्वय समितिमा एमाले-माओवादी गठबन्धन

  1. देस र जनताको लागि यमाले र मावोबाती केन्द्र गठबन्धन गर्न यकदमै आबस्यक छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर