घोडाघोडीबाट घाइते चितुवाको उद्धार – Nepal Press

घोडाघोडीबाट घाइते चितुवाको उद्धार

कैलाली । कैलालीको घोडाघोडीमा घाइते चितुवाको उद्धार गरिएको छ । चितुवाको शरीरमा २ गोली लागेको डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख गोकुल प्रसाद रिजालले जानकारी दिए ।

उपचारका लागि बर्दिया लगिएको प्रमुख रिजालले बताए । चितुवालाई सिकारीले गोली हानेको हुन सक्ने अनुमान गरिएको उनले बताए ।

सो चितुवाको आक्रमणबाट एक जना महिला घाइते समेत भएकी छन् । सोमबार बिहान लठुवा सामुदायिक वनमा घाँस काट्ने क्रममा वडा नम्बर-८ लठुवाकी ५४ बर्सिया बिस्णा बोहरा चितुवाले आक्रमणमा परि घाइते भएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख लक्ष्मण शाहीले जानकारी दिए ।

बोहराको मुख, हात र टाउकोमा चोट लागेको छ । बोहराको अहिले घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर