एक साताअघि नै भित्रियो मनसुन – Nepal Press

एक साताअघि नै भित्रियो मनसुन

काठमाडौं । नेपालमा यस वर्षको मनसुन  शुरु भएकाे छ । यस वर्षको मनसुन सरदर मिति भन्दा अगाडि नै नेपालको पूर्वी भू-भागमा प्रवेश गरेको हो ।

यस वर्षको मनसुन प्रणाली आजदेखि नेपालको प्रदेश १ बाट प्रवेश गरेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नेपालको अन्य भूभागमा भने केही दिनपछि मनसुन प्रवेश हुने अनुमान गरिएको महाशाखाले विज्ञप्तिमार्फत जानकारी दिएको छ।

नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ भए पनि यस वर्ष करिब ९ दिनअघि नै मनसुन प्रणाली नेपाल प्रवेश गरेको हो ।

विज्ञप्तिमा भनिएको छ,‘नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । हाल यस वर्षको मनसुन प्रणाली आज मिति २०७९/२/२२ का दिन नेपालको प्रदेश १ मा आगमन भएको छ । यस वर्षको मनसुन सरदर मिति भन्दा अगाडी नै नेपालको पूर्वी भू-भागमा प्रवेश गरेको देखिन्छ । नेपालको अन्य भू-भागमा भने केही दिन पछि मनसुन प्रवेश हुने अनुमान गरिएको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *