निकारागुआमा ‘बेबी बम्प’ प्रतियोगिता, ठूलो भुँडी हुनेलाई अवार्ड – Nepal Press

निकारागुआमा ‘बेबी बम्प’ प्रतियोगिता, ठूलो भुँडी हुनेलाई अवार्ड

न्यूयोर्क । मध्य अमेरिकी देश निकारागुआमा ‘बेबी बम्प प्रतियोगिता’ आयोजना गरिएको छ । प्रतियोगितामा १९ जना गर्भवती महिलाको सहभागिता रहेको थियो । जजहरूले सबैको बेबी बम्प नापेर ५७ सेन्टिमिटर पेट भएका महिलालाई विजेता घोषित गरेका थिए । विजेतालाई ‘बिगेस्ट बेबी बम्प’ अवार्डसँगै उपहार र पुरस्कार दिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।

यो प्रतियोगिता ९ महिनाकी गर्भवती लेका रेबेकाले जितेकी हुन् । रेबेकाको बेबी बम्प ५७ सेमि अर्थात २२ इन्च थियो । रेबेकालाई अवार्डसँगै फ्रिज, बेबी प्रोडक्ट र ५ हजार कर्डोबास (करिब ११ हजार नेपाली रुपैयाँ) प्रदान गरिएको थियो ।

रोयटर्सको रिपोर्टका अनुसार रेबेकाले भनिन्, ‘एकजना साथीले मेरो ठूलो बेबी बम्प देखेर मलाई यो खेलमा सहभागी हुन सल्लाह दिएका थिए ।’

यो प्रतियोगिता निकारागुआको राजधानी मनागुवामा भएको थियो । यो प्रतियाेगिता एक स्थानीय रेडियो च्यानलले निकारागुआको राष्ट्रिय आमा दिवसको अवसरमा आयोजना गरेको हो । सबैको महिलाकाे बेबी बम्प होसियारीपूर्वक नापेपछि जजहरूले रेबेकालाई विजेता घोषित गरेका हुन् । दोस्रो र तेस्रो हुने महिलाहरुलाई पनि पुरस्कार प्रदान गरिएको थियो ।

हाल सामाजिक सञ्जालमा महिलाहरुले यो अवधारणाले निकै चर्चा कमाइरहेको छ । मानिसहरूले यसलाई मातृत्व मनाउने उत्कृष्ट तरिका भएको बताइरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर