फोहर नउठेको भन्दै काठमाडौं महानगरको टेकुमा स्थानीयको विरोध र धर्ना (तस्बिरहरुसहित) – Nepal Press

फोहर नउठेको भन्दै काठमाडौं महानगरको टेकुमा स्थानीयको विरोध र धर्ना (तस्बिरहरुसहित)

काठमाडौं । काठमाडौंको टेकु संकलन केन्द्रबाट महानगरपालिकाले फोहोर नउठाएपछि स्थानीय बासिन्दाले विरोध गरेका छन् । उनीहरुले शुक्रबार बिहान ४ बजेदेखि अवरोध विरोधस्वरुप धर्ना दिएका छन् । जसले गर्दा टेकुबाट फोहर बोक्ने गाडीको आवतजावतमा बाधा पुगेको छ ।

अहिले महानगरपालिकाभर फोहर थुप्रिएको छ । सिसडोल ल्यान्डफिल साइटमा स्थानीय फोहर फाल्न नदिएपछि महानगर क्षेत्रका सडक तथा चोक बस्तीबाट फोहर उठाउन सकिएको छैन ।

त्यस्तै टेकु संकलन केन्द्रमा फोहरमाथि फोहर थुप्रिएपछि स्थानीयले विरोध गरेका हुन् ।

मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डंगाेल भने फाेहर व्यवस्थापनबारे स्थानीयसँग छलफल गर्न शुक्रबार बिहानै नुवाकाेटकाे बञ्चरेडाँडा पुगेका छन् ।

तस्बिर: उमेश कार्की


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *