देवदहमा सुरक्षा चुनौती- १५ दिनमा ३ महिला हराए – Nepal Press

देवदहमा सुरक्षा चुनौती- १५ दिनमा ३ महिला हराए

रुपन्देही । १५ दिनको अवधिमा रुपन्देहीको देवदहमा ३ महिला हराएपछि महिला सुरक्षाको चुनौती थपिएको छ । देवदह नगरपालिकामा पछिल्लो १५ दिनको अवधिमा मात्रै ३ जना महिला सम्पर्कविहीन भएका हुन । यसरी सम्पर्कविहीन हुनेमा युवा उमेरका छन् ।

देवदह-३ समेरहानाकी ४० वर्षीया मिरा भुजेल जेठ ३ देखि सम्पर्कविहीन छिन् । कसैलाई नभनी घरबाट हिडेँकी भुलेज अहिलेसम्म सम्पर्कमा नआएको पारिवारिक स्रोतले जानकारी दिएको छ । यस्तै देवदहकै ३१ वर्षीया कला पोखरेल दुबे जेठ ११ देखि बेपत्ता छिन् । बुटवलमा किस्ता बुझाउन भनेर हिँडेकी उनी अहिलेसम्म सम्पर्कमा नआएको श्रीमान् गोपाल दुबेले बताए ।

यता देवदह नगरपालिका-५ की २८ वर्षीया पवित्रा जैसी जेठ ४ गतेदेखि बेपत्ता थिइन् । घरबाट भैरहवा काम गर्न जान्छु भनी हिँडेकी पवित्रा जैसी एक हप्तापछि परिवारको सम्पर्कमा आएको उनका श्रीमान् प्रेमनारायण भण्डारीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर