निश्चित वर्ग र व्यक्तिलाई हेरेर बजेटमा कर हेरफेर भयो : सांसद दाहाल (भिडिओ) – Nepal Press

निश्चित वर्ग र व्यक्तिलाई हेरेर बजेटमा कर हेरफेर भयो : सांसद दाहाल (भिडिओ)

काठमाडौं । नेकपा एमालेका सांसद कृष्णप्रसाद दाहालले नयाँ बजेटमा सरकारले केही वर्ग, व्यक्ति र संस्थालाई फाइदा पुर्‍याउन कर हेरफेर गरेको टिप्पणी गरेका छन् ।

आर्थिक वर्ष २०७९/८० को बजेट छलफलका क्रममा अर्थसमितिका सभापतिसमेत रहेका दाहालले अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षमा पनि प्रतिमहिना १० प्रतिशत विकास गर्छु भनेको तर अहिलेसम्म ३३ प्रतिशत मात्रै खर्च भएको बताए ।

‘अर्थमन्त्रीले कामभन्दा पनि कुरा मात्रै ठूलो गर्ने गर्नुभएको छ । आगामी वर्षका लागि आएको बजेट पनि राम्रो देशको वैदेशिक मुद्रा सञ्चिती थोरै भएको विषय पनि बजेटले देखेन’, दाहालले भने, ‘यसले अझ समस्या वृद्धि गर्छ । करमा मात्रै छुट दिएर उद्योग स्थापना वृद्धि नहुने र विदशी लगानीमा पनि वृद्धि हुँदैन ।’

८ प्रतिशत आर्थिक वृद्धि यो बजेटमा सम्भव छैन । यो बजेटले मूल्य वृद्धि गर्ने र जतना थप मारमा पर्ने उनको भनाइ थियो ।


प्रतिक्रिया

One thought on “निश्चित वर्ग र व्यक्तिलाई हेरेर बजेटमा कर हेरफेर भयो : सांसद दाहाल (भिडिओ)

  1. ठूला व्यापारीसँग कमिशन खाएर हेरफेर गरेकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर