नायिकामाथि ‘दुर्व्यवहार’ को आरोपमा थुनिएका भिक्षु तीन हजार धराैटीमा रिहा – Nepal Press

नायिकामाथि ‘दुर्व्यवहार’ को आरोपमा थुनिएका भिक्षु तीन हजार धराैटीमा रिहा

काठमाडौं । नायिका मिरुना मगरमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका भिक्षु रिहा भएका छन् । चौतर्फी दबाबका बीच जिल्ला प्रशासन कार्यालयले उनलाई तीन हजार धराैटीमा छाेड्ने आदेश दिएकाे हाे ।

सिभिल मलमा ‘कबड्डी ४’ हेरेर निस्किने क्रममा आफूलाई भिक्षुले ब्याड टच गरेको आरोप मिरुना लगाएकी थिइन् । तर, निर्दोषलाई फसाएको भन्दै सामाजिक सञ्जालमा उनको आलोचना भएको छ । कबड्डी ४ टिमले नायिका र बुद्धिष्ट संघ-संस्थाबीच छलफल गराएको थियो ।

जिल्ला प्रशासन कार्यालयको रोहबरमा तामाङलाई रिहा गरिएको काठमाडौं प्रहरीका प्रवक्ता दिनेश मैनालीले पुष्टि गरे । अभद्र व्यवहारकाे कसुरमा तामाङमाथि प्रहरीको अनुसन्धान भने जारी रहने उनले बताए ।

मुगुको मुगूम कार्मारोङ गाउँपालिका-२ घर भएका २४ वर्षीय फुर्वा तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर