महान्यायाधिवक्तालाई स्पष्टीकरण माग्न आयोगको सिफारिस, दाजुलाई मेयर जिताउन पदको दुरुपयोग गरेको निष्कर्ष – Nepal Press

महान्यायाधिवक्तालाई स्पष्टीकरण माग्न आयोगको सिफारिस, दाजुलाई मेयर जिताउन पदको दुरुपयोग गरेको निष्कर्ष

काठमाडौं । निर्वाचन आयोगले बाजुराको बुढीगंगा नगरपालिकाको निर्वाचनमा पदीय दायित्वभन्दा बाहिर गएर हस्तक्षेप गरेको निष्कर्ष निर्वाचन आयोगले निकालेको छ ।

आयुक्त सगुन शमशेर जबरा नेतृत्वको छानबिन समितिले स्थलगत अध्ययनपछि बुझाएको प्रतिवेदनमा महान्यायाधिवक्ता खम्मबहादुर खातीले मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय तथा बुढीगंगाका निर्वाचन अधिकृतलाई बारम्बार फोन गरेर अनावश्यक दबाब दिएको उल्लेख छ ।

आयोगको सो समितिले निर्वाचनको काममा हस्तक्षेप गरी पदीय मर्यादाविपरितको कार्य गरेको पाइएकाले महान्यायाधिवक्तालाई स्पष्टीकरण माग गर्न सुझाव समेत दिएको छ ।

बुढीगंगामा पुन: मतदान गर्न निर्वाचन आयोगले निर्णय गरेको छ । यद्यपि आयोगको आफ्नै छानबिन समितिको निष्कर्षविपरित निर्णय भएको भन्दै एमालेले अदालतमा मुद्दा दायर गरेको छ ।

बुढीगंगाको मेयरमा नेपाली कांग्रेसबाट महान्यायाधिवक्ता खातीका दाजु रंगबहादुर खाती उम्मेदवार छन् । दाजुलाई मेयर जिताउन भाइले महान्यायाधिवक्ताको पदीय मर्यादाविपरीत सरकारी अधिकारीलाई दबाब दिएको आयोगको ठहर छ ।


प्रतिक्रिया

2 thoughts on “महान्यायाधिवक्तालाई स्पष्टीकरण माग्न आयोगको सिफारिस, दाजुलाई मेयर जिताउन पदको दुरुपयोग गरेको निष्कर्ष

  1. छि छि छि यस्तो संस्कार र संस्कृति भएको हाम्रो देशका न्यायका पुजारी भनौदा

  2. महान्ययाधिवक्ताले गरेकाे सेटिङ् र भ्रष्टाचारकाे छानविन हाेस् । आखिर काँग्रेस न परे ।

Leave a Reply to bharat kumar Thapa Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर