हराएको जहाज खोजी गर्न गएको हेलिकप्टर प्रतिकूल मौसमका कारण फिर्ता – Nepal Press

हराएको जहाज खोजी गर्न गएको हेलिकप्टर प्रतिकूल मौसमका कारण फिर्ता

काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाजसम्पर्कविहिन भएपछि खोजीको लागि गएको फिस्टेल एयरको हेलिकप्टर प्रतिकुल मौसमको कारणले पुनः जोमसोम नै फर्किएको छ ।

सम्पर्क विहिन भएको विमानको अवस्थाको वारेमा खोजतलासका लागि पठाइएको हेलिकप्टर प्रतिकुल मौसमको कारणले पुन जोमसोम नै फर्किएको हो ।

काठमाडौं पोखरा तथा जोमसोम विमानस्थलमा खोज तथा उद्धार कार्यको लागि थप हेलिकप्टरहरु तयारी अवस्थामा राखिएको खोज तथा उद्धार समन्वय केन्द्र नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

मौसममा सुधार आउनासाथ हवाईमार्गमागएबाछ खोज कार्य पुनः शुरु गरिने प्राधिकरणले जनाएको छ । स्थलमार्गबाट खोजी कार्य गर्न नेपाली सेना र नेपाल प्रहरी समेत त्यस तर्फ प्रस्थान गरिसकेको प्राधिकरणको भनाइ छ ।

पोखराबाट बिहान ९बजेर ५५ बजे जोमसोमको लागि १९ जना यात्रु र ३ जना चालक दलका सदस्य सहित उडेको तारा एयर सम्पर्कविहिन भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर