आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने, प्रतिव्यक्ति आय १३८१ डलर – Nepal Press

आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने, प्रतिव्यक्ति आय १३८१ डलर

काठमाडौं । चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने भएको छ ।

सरकारले गरेको प्रक्षेपण अनुसार ५.८४ प्रतिशत हुने देखाएको हो । अघिल्लो वर्ष ४.२५ प्रतिशतको आर्थिक वृद्धि भएको थियो ।

प्रतिनिधिसभामा पेश गरेको आर्थिक वर्ष ०७८÷७९ को आर्थिक सर्वेक्षण अनुसार ५.८४ प्रतिशत हुने अनुमान गरिएको हो ।

प्रतिव्यक्ति आय १३८१ डलर पुगेको छ । गर्त वर्षको तुलनामा नेपालीको आय १०.८ प्रतिशतले वृद्धि भएको हो ।
यसअघि आर्थिक वर्ष ०७७÷७८ मा एक हजार २४६ डलर रहेको प्रतिव्यक्ति आय चालु आर्थिक वर्षमा एक हजार ३८१ डलर पुग्ने अनुमान गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर