छिटपुट घटनालाई लिएर निर्वाचनमा धाँधली भयो भन्न मिल्दैन : प्रधानमन्त्री देउवा – Nepal Press

छिटपुट घटनालाई लिएर निर्वाचनमा धाँधली भयो भन्न मिल्दैन : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले छिटपुट घटनालाई लिएर निर्वाचनको निष्पक्षमाथि प्रश्न उठाउन नमिल्ने बताएका छन् ।

प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमाथि जवाफ दिने क्रममा प्रधानमन्त्री देउवाले निर्वाचन शान्तिपूर्ण र निष्पक्ष भएको दाबी गरे ।

प्रधानमन्त्री देउवाले भने– एकै पटक एकैसाथ निर्वाचन सम्पन्न गर्नु चुनौती थियो । सीमित साधन स्रोतको बीचमा समग्रमा निर्वाचन निष्पक्ष भएको छ । छिटपुट घटनालाई लिएर समग्रमा धाँधली भयो भन्न मिल्दैन ।

प्रमुख विपक्षी नेकपा एमाले र लोकतान्त्रिक पार्टीका सांसदहरूले निर्वाचन निष्पक्ष नभएको र सत्ता गठबन्धनले ठाउँ ठाउँमा बुथ कब्जा गरेको तथा सत्ताको दुरुपयोग भएको आरोप लगाएकोमा देउवाले सो जवाफ दिएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर