विष्णु रिमाल भन्छन्– एमालेलाई ३४ प्रतिशत जनमत, कांग्रेसलाई २९ र माओवादीलाई ११ प्रतिशत – Nepal Press

विष्णु रिमाल भन्छन्– एमालेलाई ३४ प्रतिशत जनमत, कांग्रेसलाई २९ र माओवादीलाई ११ प्रतिशत

काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले ३४ प्रतिशत मतसहित नेकपा एमाले स्थानीय तह निर्वाचनमा बहुमत र लोकप्रिय मत प्राप्त गरेको दाबी गरेका छन् ।

स्थानीय तह निर्वाचनमा कांग्रेसले बढी मात्रामा सिट हासिल गरे पनि पालिका प्रमुखहरूले प्राप्त गरेका मत विश्लेषणका आधारमा एमाले पहिलो दल भएको दाबी उनको छ ।

रिमालका अनुसार एमालेबाट विजयी तथा पराजित मेयर/अध्यक्षहरूले कुल एक करोड १२ लाख आठ हजार एक सय ९५ मतमध्ये ३४ प्रतिशत अर्थात् ३८ लाख नौ हजार ६ सय ९८ मत प्राप्त गरेर पहिलो दल बनेको हो ।

‘पालिकाका प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्षले प्राप्त गरेको मतलाई सोझो हिसाब गर्ने हो भने मेयर/अध्यक्षहरूको कुल एक करोड १२ लाख आठ हजार एक सय ९५ मतको ३४ प्रतिशत अर्थात् ३८ लाख नौ हजार ६ सय ९८ मत एमालेको छ ।’ रिजालले भनेका छन्, ‘जसअनुसार कांग्रेसले ३३।३ प्रतिशत मत मात्रै प्राप्त गरेको छ ।’ गठबन्धन गरेर होम्मिएको कांग्रेसका मेयर र अध्यक्षहरूको प्राप्त गरेका मतका आधारमा ३३।३ प्रतिशत मत मात्रै प्राप्त गरेको रिमालको भनाइ छ ।

निर्वाचन आयोगको तथ्यांक उल्लेख गर्दै रिमालले सात सय ५३ मध्ये तीन सय ११ स्थानीय तहमा माओवादी केन्द्रसहितको पाँच दलीय गठबन्धन गरेर निर्वाचनमा होमिएको तथा तीन सय सात स्थानमा कांग्रेसले दुई वा तीन दलीय गठबन्धन गरेका कारणले मात्रै ३३।३ प्रतिशत मत प्राप्त गर्न सफल भएको हो ।

नेकपा एमालेबाट चोइटिएको नेकपा एसको जम्मा चार प्रतिशत मत रहेको रिमालले उल्लेख गरेका छन् । ‘नेकपा एसको चार प्रतिशत पनि सबै उसको होइन, कांग्रेस र माओवादी गठबन्धनबाट पाएको हो,’ रिमालले विश्लेषण गरेका छन् । नेकपा ‘एस’को एक तिहाइ अर्थात् १।३३ प्रतिशत कटाउँदा कांग्रेसको ३२ प्रतिशत मात्र रहनेछ भने अझ माओवादी केन्द्रबाट पाएको लाभको अनुमानित तीन प्रतिशत कटाउँदा कांग्रेसले २९ प्रतिशत मात्रै पाएको रिमालको तर्क छ ।

चुनाव चिह्न रुखबाट निर्वाचित जनप्रतिनिधिको संख्या एमालेको भन्दा बढी कांग्रेसको स्विकार्दै रिमालले भनेका छन् । बढीलाई एमालेले घटी भनी रहेको छैन, एमालेले मात्र एउटा प्रश्न गरिरहेको छ– कांग्रेसको खातामा आएको त्यो ‘पुँजी’ उसको आफ्नै हो वा त्यसमा अरूको अंश पनि छ ? यदि कांग्रेस आफूलाई ‘पहिलो’ भन्न चाहन्छ भने उसले आफूले ‘सहयोगी’बाट लिएको ‘सापटी’ कति हो छुट्याउन परेन ? साँवा, सापटी, ब्याज सबै एक्लै कांग्रेसको मात्रै कमाइ हो भन्न मिल्छ र ?

‘यदि गठबन्धनलाई एउटा दल मान्ने हो भने गठबन्धनले जित्यो । एमाले दोस्रो भयो । गठबन्धनभित्रका दलहरूबीच के कसरी अंशबण्डा भएको छ ? त्यो ती दलहरूको आन्तरिक विषय हो ।’ रिमालको तर्क छ, ‘यो कोणबाट विश्लेषण गर्ने हो भने यहाँ एमाले सिटको गणितमा दोस्रो तर सोलोडोलो एउटा शक्ति हो ।’

प्रतिक्रिया

One thought on “विष्णु रिमाल भन्छन्– एमालेलाई ३४ प्रतिशत जनमत, कांग्रेसलाई २९ र माओवादीलाई ११ प्रतिशत

  1. उल्टो तर्कले नथाक्ने नेता । प्रत्यक्ष निर्वाचन प्रणालीमा हारेको मत कही गणना हुन्छ ? मनको लडडु ! ३९% बाट २७% मा झरेको छ । प्रदेश १ मा १४ जिल्ला मध्य १२ जिल्लामा जिला समन्वय एकल गठन गरेको एमाले २०७४ मा । यो पटक ३ मा झर्यो । तै पनि उल्टो तर्क गर्न छोडदैन । हारेको संख्याले चलाको हेरौं न त, स्थानीय सरकार ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित खवर