सेयर बजार घटेर २२ सय अंकमा पुग्दापनि यो सरकारले देखेन : सांसद नबिना लामा – Nepal Press

सेयर बजार घटेर २२ सय अंकमा पुग्दापनि यो सरकारले देखेन : सांसद नबिना लामा

काठमाडौं । नेकपा एमालेकी सांसद नबिना लामाले सेयर बजार घटेको सरकारले नदेखेको बताएकी छिन् ।

एमालेको सरकारको पालामा ३२ सय अंकमा रहेको सेयर बजार २२ सय अंकमा झर्दापनि अहिलेको सरकारले नदेखेको उनले बताइन् ।

नीति तथा कार्यक्रमको छलफलमा संसद् लामाले सेयर बजारका लागि नीति तथा कार्यक्रम केही योजना नआएको बताएकी हुन् ।

लामाले भनिन्- अर्थमन्त्रीको रूपमा विष्णु पौडेल रहेको बेला सेयर बजार ३२ सय अंकमा थियो । तर यो सरकार बनेपछि २२ सय अंकमा झरेको छ । तर पनि नीति तथा कार्यक्रममा सेयर बजारको विषयमा केही योजना आएन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर