पूर्व पदाधिकारीहरूलाई राज्यको सुविधा त्याग्न सांसद रसाइलीको चुनौती (भिडिओ) – Nepal Press

पूर्व पदाधिकारीहरूलाई राज्यको सुविधा त्याग्न सांसद रसाइलीको चुनौती (भिडिओ)

काठमाडौं । सांसद प्रकाश रसाइली स्नेहीले राज्यकोषबाट लिइरहेको सुविधा फिर्ता गर्न पूर्व पदाधिकारीहरूलाई चुनौती दिएका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद रसाइलीले पूर्व प्रधानमन्त्री, पूर्व सभामुख, पूर्व मन्त्रीहरुलाई राज्यको सेवा सुविधा फिर्ता गर्न सक्नुहुन्छ भन्दै प्रश्न गरेका हुन् ।

उनले भने- संविधानमा हामीले स्वास्थ्य, शिक्षा, भ्रष्टाचार नियन्त्रणका कुरा लेख्यौँ । पूर्वप्रधानमन्त्रीहरुले हामीलाई घण्टौँ उपदेश दिएर जानुभयो । तर उहाँहरुले राज्यमन्त्री सरहको सुविधा लिइरहनुभएको छ । फजुल खर्च नियन्त्रण गर्नुपर्छ भनेर सुरुवात हामी आफैले गरौँ । राज्यबाट लिइरहेका सेवा सुविधा तपाईहरुले फिर्ता गर्न सक्नुहुन्छ ?

यस्तै सांसद स्नेहीले संसदमा सबैलाई समान व्यवहार गरिनुपर्ने पनि बताए ।

सबै सांसदहरु सार्वभौम रहेको उल्लेख गर्दै स्नेहीले भने, ‘सबै सांसदहरु सार्वभौम हुन । कोही सांसद तीन तीन घण्टा बोल्ने कोही सांसदका लागि तीन मिनेटको समय ! कोही कोही पूर्वाप्रधानमन्त्री, पूर्वासभामुखले बोल्दै गर्दा सांसदहरुले बेड विस्तारा र टिफिन बक्स लिएर आउनुपर्ने भयो । तीन घण्टामा त एउटा फिलिम सकिन्छ । इन्टरभल हुन्छ । यो संसदको मर्यादा र गरिमा होइन नी !’


प्रतिक्रिया

One thought on “पूर्व पदाधिकारीहरूलाई राज्यको सुविधा त्याग्न सांसद रसाइलीको चुनौती (भिडिओ)

  1. हिम्मत भए गण्डकीकाे मुख्यमन्त्रीलाई भन । नयाँ सुविधा दिदैछन । पार्टी त एउटै हाे क्यार । हिराे पल्टिन खाेजेर मात्र हुन्छ ?

Leave a Reply to ksp pyl Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर