संसदमै सभामुखलाई ताला चाबी बुझाएपछि… (भिडिओ) – Nepal Press

संसदमै सभामुखलाई ताला चाबी बुझाएपछि… (भिडिओ)

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद गजेन्द्र महतले प्रतिकात्मक रूपमा सभामुख अग्निप्रसाद सापकोटालाई ताला चाबी बुझाएका छन् । प्रमुख प्रतिपक्षीले आफ्ना कुरा सुनाउने र अर्काको कुरा नसुन्ने प्रवृत्ति देखिएको भन्दै विरोध स्वरुप प्रतिकात्मक रूपमा सभामुखलाई ताला चाबी बुझाएको उनले बताए ।

तीन घण्टासम्म आफ्नो कुरा सुनाउनेले अर्काले बोल्ने बेला अवरोध गरेको सांसद महतको भनाइ छ ।

शुक्रवार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले आफ्नो धारणा राख्दा एमाले सांसदले अवरोध गरेका थिए । विवाद बढ्दै गएपछि सभामुख सापकोटाले प्रयोग गरिएको अमर्यादित शब्द हटाउने निर्णय गर्नुपरेको थियो ।

सांसद महतले भने, ‘प्रतिपक्षीको व्यवहार हेर्दा बोल्न पाइँदैन कि भन्ने त्रासमा थिएँ । म अहिले पनि अलि मोटो र ठूलो स्वर गर्ने हो भने अवरोध आउँछ कि भन्ने चिन्तामै छु । उहाँहरू धित मरुन्जेल तीन घण्टा गाली गर्नुहुन्छ । र धित मरिसकेपछि यसलाई अवरोध गर्न खोज्नुहुन्छ । फेरि ताला लगाउन खोज्नुहुन्छ ।’

उनले आफूले ताला र चाबी ल्याएको उल्लेख गर्नुभयो । उनले भने, ‘तपाईँहरू धित मरुन्जेल बोल्नुहोला त्यसपछि हामी बोल्दा यो ताला र चाबी लगाइदिनुहोला । जति बेला बोल्न मन लाग्छ आउनुहोला र यो ताला चाबी खोल्नुहोला अनि बोल्नुहोला । मैले सभामुखज्यूलाई बुझाएँ ।’ गाली गर्नेलाई संसद्मा बोल्न तीन घण्टा र कर्णालीको आवाज बोल्नेलाई तीन मिनेट छुटाइएको भन्दै सांसद महतले आपत्ति प्रकट गरे ।


प्रतिक्रिया

One thought on “संसदमै सभामुखलाई ताला चाबी बुझाएपछि… (भिडिओ)

  1. काँय्रेसकाले गाेदे भन्छ ल्याउछ तालाचावी । भुक्न त जति पनि पाएकाे देखियाे त जंगलीले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर