साकेला थानमा किराँत राईहरूले भव्य साकेला सिली प्रदर्शनी (तस्बिरहरू) – Nepal Press

साकेला थानमा किराँत राईहरूले भव्य साकेला सिली प्रदर्शनी (तस्बिरहरू)

धरान । धरान उपमहानगरपालिका १७ स्थित साकेला थानमा किराँत राईहरूले भव्य साकेला सिली प्रदर्शनी गरेका छन् । प्रकृतिपुजक किराँत राईहरूले उभौलीको अवसरमा कुल पितृको पूजा गर्दै साकेला सिली प्रदर्शनी गरेका हुन ।

साकेलालाई महान् चाडका रूपमा मनाउँदै आएका किरात राईहरू आफन्त भेला भएर यो पर्व मनाउँदै आएका छन् । साकेलाको अवसरमा पितृको सम्झना गर्दै भेल बाढी नआओस्, अन्नबाली सप्रियोस्, प्राकृतिक प्रकोप नआओस् भनी कामना गर्ने गरिन्छ ।

साकेला प्रदर्शनीमा भेला भएका किराँत राईहरूले प्रदेश १ को नाम किराँत राख्न माग गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर