खेतबारीमा छरिएको विषादीले टौदहको पानी प्रदूषित, कयाैँ माछा मरे (तस्बिरहरु) – Nepal Press

खेतबारीमा छरिएको विषादीले टौदहको पानी प्रदूषित, कयाैँ माछा मरे (तस्बिरहरु)

काठमाडौं । काठमाडौंको चोभारस्थित ऐतिहासिक तथा उपत्यकाकै सबै भन्दा ठुलो प्राकृतिक ताल टौदहमा प्रदुषित पानीका कारण कयाैँ माछाहरु मरेका छन् । दुषित पानीको कारण टाैदहमा रहेको कयाैँ माछाहरु मरेको हो ।

खेतबारीमा प्रयोग हुँदै आएको विषादीयुक्त पानी तालमा मिसिँदा माछाहरु मरेको हुन सक्ने कीर्तिपुर नगरपालिका वडा नं ६ का वडा अधक्ष्य खीरमान सिंह बस्नेत पृथ्वीले बताए ।

‘वर्षायाम भएको कारण खेतबारीको विषादीयुक्त पानी तालमा मिसिएकोले यो घटना भएको हुन सक्ने हाम्रो प्रारम्भिक अनुमान छ’ उनले भने ।

बस्नेतका अनुसार टौदहमा पछिल्लो समय तालमा माछा मर्नेक्रम बढ्दै गएको छ। अघिल्लो वर्ष पनि माछाको लागि प्रयोग हुँदै आएको चारामा समस्या देखिएपछि कयाैँ माछा मरेका थिए । अहिले माछा के कारणले मर्यो भनेर पूर्ण छनबिन नभएसम्म अहिले नै कुनै निष्कर्षमा पुग्न नसकिने बस्नेतको भनाई छ ।

तस्बिर: अजय सिंह


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर