दाङमा शिकार खेल्न गएका युवकको गोली लागेर मृत्यु – Nepal Press

दाङमा शिकार खेल्न गएका युवकको गोली लागेर मृत्यु

रुपन्देही । दाङमा शिकार खेल्न गएको २३ वर्षीय युवकको गोली लागेर मृत्यु भएको छ ।

प्रहरीका अनुसार शुक्रबार बँगलाचुली गाउँपालिका र लमही नगरपालिकाको सिमाना पर्ने जँगलमा सिकार खेल्न गएका लमही नगरपालिका वडा नम्बर १ बौराह निवासी वर्ष २३ का कालुराम घर्ती मगरको गोली लागेर घटनास्थलमै मृत्यु भएको हो ।

घाँटीमा गोली लागेको उनको शवलाई लमही अस्पतालमा राखिएको छ।घटनामा सलग्न रहेको भन्दै प्रहरीले ८ जनालाई हिरासतमा लिएको छ ।

प्रहरीले २८ वर्षीय निमबहादुर घर्तीमगर, ४० वर्षीय जिवलाल घर्तीमगर, २४ वर्षीय दिल बहादुर घर्तीमगर, १७ वर्षीय आकाश घर्तीमगर, १३ वर्षीय विशाल घर्तीमगर, ५५ वर्षीय ओमबहादुर घर्तीमगर, ३८ वर्षीय खगेन्द्र घर्तीमगर र वर्ष ४० वर्षीय बुद्दीमान घर्तीमगर पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक सन्दिप बेलबासेका अनुसार उनीहरु सबै लमही नगरपालिका वडानम्बर १ बौराह निवासी हुन् । उनीहरुलाई अहिले वडा प्रहरी कार्यालय लमहीको हिरासतमा राखिएको र घटना सम्बन्धी अनुसन्धान भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *