मुक्तिनाथ विकास बैंकको ग्राहकलाई मेराकी होलिस्टीक वेलनेस रिट्रिटमा विशेष छुट – Nepal Press

मुक्तिनाथ विकास बैंकको ग्राहकलाई मेराकी होलिस्टीक वेलनेस रिट्रिटमा विशेष छुट

काठमाडौं । मुक्तिनाथ विकास बैंकद्वारा ग्राहकलाई बूढानीलकण्ठको मेराकी होलिस्टीक वेलनेस रिट्रिटमा विशेष छुट दिने भएको छ ।

मुक्तिनाथ विकास बैंक आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन बूढानीलकण्ठ स्थित मेराकी होलिस्टीक वेलनेस रिट्रिटसँग विभिन्न सेवाहरुमा विशेष १५ प्रतिशत सम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।

काठमाडौं जिल्लाको बूढानीलकण्ठमा शान्त र प्राकृतिक सौन्दर्यको बीचमा रहेको मेराकी होलिस्टीक वेलनेस रिट्रिटले स्पा सम्बन्धी विभिन्न थेरेपी पनि प्रदान गर्दै आएको छ ।

उक्त कार्यक्रममा बैंकका तर्फबाट, संस्थागत मामिला विभाग बसन्त बक्शी तथा मेराकी होलिस्टीक वेलनेस रिट्रिटको तर्फबाट रेसिडेन्ट म्यानेजर अरुण कुमार झा लगातको उपस्थिति रहेको थियो ।

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले बूढानीलकण्ठमा रहेकोे मेराकी होलिस्टीक वेलनेस रिट्रिटमा विभिन्न सुविधाहरुमा विशेष छुट पाउने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर