रोल्पामा रुखबाट लडेर एकको मृत्यु – Nepal Press

रोल्पामा रुखबाट लडेर एकको मृत्यु

रोल्पा । रोल्पामा रुखबाट लडेर एक किशोरको मृत्यु भएको छ । जिल्लाको गंगादेव गाउँपालिका–५, उदिनढुङ्गा निवासी ओन्द्र वलीका १६ वर्षीय छोरा थलराज वलीको रुखबाट लडेर शुक्रबार राति मृत्यु भएको हो ।

शुक्रबार साँझ घर नजिकै बारीको रुखमा घाँस काट्न थालेका वली एक्कासि लडेर घाइते भएको र उपचारका लागि मेडिकल कलेज कोहलपुर लगेकोमा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक थम्मन जिसीद्वारा प्रेषित प्रेस नोटमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *