निजगढ विमानस्थल नबनाउने सर्वोच्चको फैसलाविरुद्ध निजगढबासीको माइतीघरमा प्रदर्शन – Nepal Press

निजगढ विमानस्थल नबनाउने सर्वोच्चको फैसलाविरुद्ध निजगढबासीको माइतीघरमा प्रदर्शन

काठमाडौं । बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउने सर्वोच्च अदालतको फैसलाविरुद्ध निजगढ विकास पक्षधर निजगढ बासीले प्रदर्शन गरेका छन् ।

उनीहरुले शनिबार बिहान माइतीघरमा बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउने सर्वोच्चको फैसलाविरुद्ध विरोध प्रदर्शन गरेका हुन् ।

निजगढ विकास पक्षधरहरुले कार्यपालिकको कामप्रति हस्तक्षेप बन्द गर वातावरणमात्र होइन विकास पनि अधिकार सबैकुरामा चुप लागि बस्नु हुन्न है सरकार, खर्च हाम्रो भइसक्यो फिर्ता, कसरी आउँछ ? भविष्यमा उड्ने जहाज कहाँ बस्न पाउँछ लगायतका ब्यानर बोकेर नारा लगाएका थिए ।

तस्बिर:  गाैरब पाैडेल


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर