कोरियन भाषा परीक्षा जेठ १९ देखि असार ३ गतेसम्म – Nepal Press

कोरियन भाषा परीक्षा जेठ १९ देखि असार ३ गतेसम्म

काठमाडौं । कोरियन भाषाको परीक्षा जेठ १९ देखि असार ३ गतेसम्म सञ्चालन हुने भएको छ ।

यस पटक परीक्षा ३ सिफ्टमा सञ्चालन हुनेछ । वैदेशिक रोजगार विभाग अन्तर्गतको रोजगारी अनुमति प्रणाली शाखाका अनुसार दैनिक ६ सय परीक्षार्थीलाई परीक्षा दिन मिल्ने गरी तयारी भइरहेको छ ।

कोरियन भाषा परीक्षामा उर्तिणमध्ये ६ हजार ९ सय ९३ उत्पादनमूलक क्षेत्रमा र २ हजार ७ सय ४१ कम्पनीमा गरी ९ हजार ५ सय १३ नेपालीलाई यसै वर्ष दक्षिण कोरिया पठाउने गरी परीक्षा लिन लागिएको हो ।

वैदेशिक रोजगारका लागि आकर्षक मानिएको दक्षिण कोरिया जान ४३ हजारभन्दा बढीले आवेदन दिएको विभागले जनाएको छ ।

पछिल्ला दुई वर्षमा विश्वव्यापी महामारी कोरोना संक्रमणका कारण परीक्षा हुन सकेन ।

परीक्षा २ वर्षपछि हुन लागेको हो । यसअघि वैशाख २६ गतेदेख सञ्चालन हुने तयारी भएपनि स्थानीय तह निर्वाचनका कारण पछि सकेको हो ।

हालसम्म ७७ हजार नेपालीले कोरियामा रोजगार प्राप्त गरिसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *