पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध विरोधका कार्यक्रम स्थगित गर्न उद्योग मन्त्रालयको आग्रह – Nepal Press

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध विरोधका कार्यक्रम स्थगित गर्न उद्योग मन्त्रालयको आग्रह

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरुद्ध भइरहेको विरोधका कार्यक्रम स्थगित गर्न आग्रह गरेको छ ।

पेट्रोलियम पदार्थको सीमावर्ती मूल्य अन्तरसमेतका आधारमा करका दररेट समायोजन गरी मूल्य घटाउने निर्णय भइसकेकाले पेट्रोलियम पदार्थको मूल्यवृद्धि लगायतका माग सम्बन्धी विरोधका कार्यक्रमहरु स्थगित गर्न विद्यार्थी संगठनलाई आग्रह गरेको हो ।

मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको कर घटाउने निर्णयअनुसार नै अर्थ मन्त्रालयमा गृह कार्यभइरहेकोले विद्यार्थी संगठन लगायत सबैको माग सम्बोधन भएको जनाएको छ ।

पेट्रोलियम पदार्थमा १० रुपैयाँ बढेपछि विद्यार्थी संगठनहरु पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि घटाउन माग गर्दै सत्ता गठबन्धन निकट विद्यार्थी संघले आयलनिगम घेराउ गरेको थियो । यस्तै एमालेनिकट विद्यार्थी संगठनले देशैभर मूल्यवृद्धिको विरोध गरेको थियो भने ठाउँठाउँमा मसाल जुसुलसमेत गरेको थियो ।

पेट्रोलियम पदार्थको मूल्य, आपूर्ति व्यवस्था तथा सहुलियत लगायतका विषयमा सरकारको तर्फबाट उद्योगमन्त्री दिलेन्द्र बडूले शुक्रबार प्रतिनिधि सभामा सम्बोधन गरेका थिए । अर्थतन्त्रको समग्र क्षेत्रमा पारेको प्रभाव तथा नेपाल आयल निगमको कार्य सञ्चालन, वित्तीय व्यवस्थापन तथा व्यापार विविधीकरण लगायतका क्षेत्रमा समग्र सुधार गर्ने विषयमा अध्ययन गरी प्रतिवेदन पेश गर्न सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा एक उच्चस्तरीय अध्ययन कार्यदल गठन गरेको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर