सांसद रानाले प्रधानमन्त्रीलाई सोधे- तपाईं कुन मुख लिएर सुदूरपश्चिम जानुहुन्छ? – Nepal Press

सांसद रानाले प्रधानमन्त्रीलाई सोधे- तपाईं कुन मुख लिएर सुदूरपश्चिम जानुहुन्छ?

काठमाडौ । नेकपा एमालेका सांसद नारदमुनि रानाले सरकारले जारी गरेको नीति तथा कार्यक्रममा गेटा मेडिकल कलेजलाई समावेश नगरेकोमा आक्रोश पोखेका छन् ।

सरकारले ल्याएको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले प्रधानमन्त्री शेर बहादुर देउवालाई समेत कटाक्ष गरेका छन् ।

‘मलाई सुदूरपश्चिमवासी जनताले सोधिरहेका छन्, कैलालीको गेटामा बनेको २७ वटा भवनहरूले सोधिरहेका छन्, त्यहाँका नागरिक समाजहरूले सोधिरहेका छन्, उनले प्रधानमन्त्रीलाई भने ‘अब कुन मुख लिएर सुदूरपश्चिम जानुहुन्छ’

उनले प्रधानमन्त्री शेरबहादुर देउवाले धोका दिएको बताए ।

‘गेट मेडिकल कलेजको विषय सरकारको नीति तथा कार्यक्रमा किन समावेश भएन भनेर त्यहाँ थुप्रै जनताहरूले सोधिरहेका छन् । तर, यो दस्तावेज मौन छ । दुःखका साथ भन्नु परेको छ । शेरबहादुर देउवा जी तपाईँ त्यही प्रदेशबाट प्रतिनिधित्व गर्दै हुनुहुन्छ । तपाईँ कुन मुख लिएर सुदूरपश्चिममा पाइला टेक्नुहुन्छ ? तपाइँलाई लगाएको २१ किलोको माला तपाईलाई सोधिरहेको छ,’ उनले भने ।

भौतिक पुर्वाधार तयार भइसकेको गेटा मेडिकल कलेजका विषय सरकारको निति तथा कार्यक्रममा नसमेटिएपछि कैलालीमा आन्दोलन चर्किएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर