गणतन्त्र दिवसका अवसरमा ८ सय ३४ जना कैदीबन्दीको माफी मिनाहा – Nepal Press

गणतन्त्र दिवसका अवसरमा ८ सय ३४ जना कैदीबन्दीको माफी मिनाहा

काठमाडौं । सरकारले गणतन्त्र दिवसका अवसरमा ८ सय ३४ जना कैदीबन्दीको माफी मिनाह गरेको छ । बुधबार र शुक्रबार बसेका दुई वटा मन्त्रिपरिषद् बैठकले उनीहरुलाई जेठ १५ गते अर्थात आइतबारदेखि लागू हुनेगरी गणतन्त्र दिवस २०७९ को अवसरमा माफी मिनाहा गरेको हो ।

बुधबार बसेको बैठकले तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका खङ्ग श्रेष्ठ लिम्बुसमेतका २ सय ७१ जना र नरबहादुर साँवासमेतका ५ सय ४७ गरी जम्मा ८ सय १८ जना कैदीबन्दीको बाँकी कैद सजाय माफी मिनाहा भएको शुक्रबार राष्ट्रपतिको कार्यालयले एक विज्ञप्ती जारी गर्दै जानकारी गराएको हो ।

नेपालको संविधानको धारा २ सय ७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को कसूर (कैदकट्टा) नियमावली, २०७६ को नियम ३ तथा सर्वोच्च अदालतको आदेशसमेतका आधारमा उनीहरुको कैद माफी मिनाह गरिएको कार्यालयका प्रवक्तासमेत रहेका उपसचिव केशवप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

यस्तै शुक्रबार बसेको बैठकले नेपालको संविधानको धारा २ सय ७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १ सय ५९ बमोजिमत उमाकान्त पराजुलीसमेतका १६ जना कैदीबन्दीको विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसला बमोजिम कैद सजाय माफी गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर