शनिवार आर्थिक सर्वेक्षण, आइतबार बजेट – Nepal Press

शनिवार आर्थिक सर्वेक्षण, आइतबार बजेट

काठमाडौं । प्रतिनिधिसभामा शनिवार आर्थिक वर्ष २०७८÷७९ को आर्थिक सर्वेक्षण पेस हुने भएको छ ।

बैठकमा आजका लागि नै आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची रहे पनि प्रमुख प्रतिपक्षी दल नेकपा९एमाले०को अवरोधका कारण पेस हुन पाएन ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नु भन्दा अघि नै आर्थिक सर्वेक्षण पेस गर्नुपर्ने व्यवस्था छ ।

अर्थमन्त्री जनार्दन शर्माले उक्त आर्थिक सर्वेक्षण पेस गर्नुहुने कार्यक्रम छ ।

यही जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्रीले आगामी आवको बजेट पेस गर्नेछन् ।

गणतन्त्र दिवसको दिन पारेर नै बजेट पेस गर्ने गरी संविधानमा नै व्यवस्था गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर