त्याग र साधनाको संस्कृति अपनाउन प्रतिबद्ध भए मात्रै कृष्ण सेनप्रति सच्चा श्रद्धाञ्जली हुन्छ: प्रचण्ड – Nepal Press

त्याग र साधनाको संस्कृति अपनाउन प्रतिबद्ध भए मात्रै कृष्ण सेनप्रति सच्चा श्रद्धाञ्जली हुन्छ: प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहिदहरूले देखेको सपना अझै पुरा नभएको बताएका छन् ।

कृष्णसेन इच्छुक स्मृति दिवसका अवसरमा शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले समाजवाद स्थापनाका निम्ति सामाजिक रूपान्तरणको अभियानको आवश्यकता रहेको बताए ।

देशमा भएका विभिन्न आन्दोलनबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानमा अबको राज्य समाजवाद उन्मुख हुने उल्लेख हुनु सानो विषय नभएको बताए ।

उनले समाज रूपान्तरण क्रान्तिकारी ढंगले नभई दिग्भ्रम र विचलनतिर गइरहेको उल्लेख गदै त्याग र साधनाको संस्कृति अपनाउने कुरामा प्रतिबद्ध भए मात्रै कृष्ण सेनप्रति सच्चा श्रद्धाञ्जली हुने उनको भनाइ थियो ।

सो क्रममा कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार–२०७८ गोविन्द आचार्यलाई, कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार–२०७९ ः महेश्वर दाहाललाई प्रदान गरिएको थियो भने शक्ति–तारा स्मृति पत्रकारिता पुरस्कार–२०७८ : बलराम थापा र शक्ति–तारा स्मृति पत्रकारिता पुरस्कार–२०७९ : लक्ष्मी पुनलाई प्रदान गरिएको थियो ।

विसं २०५९ जेठ १३ गते प्रदर्शनी मार्ग स्थित महेन्द्र पुलिस क्लबमा हिरासतमा रहेका बेला कृष्णसेन ‘इच्छुक’को हत्या भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर