‘भिडिओ’ मा ७ करोडको बार्गेनिङ, ल्यापटप बनाउने ठाउँबाट शुरु भयो कहानी – Nepal Press

‘भिडिओ’ मा ७ करोडको बार्गेनिङ, ल्यापटप बनाउने ठाउँबाट शुरु भयो कहानी

काठमाडौं । एक व्यक्ति बिग्रिएको ल्यापटप बनाउन भन्दै चितवनको भरतपुर-११ स्थायी घर भएका ३२ वर्षीय सुरज कार्की शर्मा र काठमाडौंको सिनामंगल घर भएका ३३ वर्षीय श्रवण कार्कीको पसलमा पुगे ।

ल्यापटप बनाउने क्रममा उनीहरूले एउटा भिडियो देखे अनि सुटुक्कै अर्को डिभाइसमा सारे । उनीहरूले ती व्यक्तिसँग बार्गेनिङ गर्न सकिने सोचेर मिडिया क्षेत्रमै रहेका काभ्रेको तिमाल-३ का ३३ वर्षीय उमेश भण्डारीसँग सम्पर्क गरे ।

भण्डारीले त्यसबारे गुल्मीको धुरकोट-२ की २९ वर्षीया बसन्ता खनाल र बझाङको खप्तडछान्ना-७ का धर्मराज थापासँग कुरा गरे। दुवै जना मिडियामै आबद्ध थिए ।

पैसा पाइन सकिने थाहा पाएपछि उनीहरूले उदयपुरको त्रियुगा-१० का २१ वर्षीय सुरज आचार्यसँग सम्पर्क गरे । सुजनले ती व्यक्तिसँग सम्पर्क गरी भिडियोबारे बताए ।

सुजनले पैसा दिए कुरा मिलाइदिने प्रस्ताव ती व्यक्तिसँग राखे । उनले ७ करोड रुपैयाँ दिन तयार रहेको भन्दै भेट्न बोलाए । ती व्यक्ति भेट्न पुगेकालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले समात्यो । ७ जना पक्राउ परेका छन् ।

तीमध्ये कालिकोटको सान्नित्रिवेणी-८ का २९ वर्षीय टेक विक, सुजनको कर्मचारी भएको प्रहरीले जनाएको छ ।

‘पीडितको कमीकमजोरी थाहा पाएर बार्गेनिङ गरेको देखिन्छ’, एक अनुसन्धान अधिकारीले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर