सरकारी जग्गा देखाएर ५ करोड २० लाख बैना, २ जना पक्राउ – Nepal Press

सरकारी जग्गा देखाएर ५ करोड २० लाख बैना, २ जना पक्राउ

काठमाडौं । सरकारी जग्गा देखाएर ५ करोड २० लाख रुपैयाँ बैना लिँदै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायण नगरपालिका-७ का ७२ वर्षीय केशव अधिकारी र भक्तपुरको भक्तपुर नगरपालिका-८ का ईश्वर गाइजु रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई पक्राउ गरेको हो ।

भक्तपुरको सुडालमा रहेको सरकारी जग्गा देखाएर उनीहरूले उक्त बैना लिएको तर पछि पास हुन नसकेपछि पीडितले उजुरी गरेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *