सहीदहरूका सपना अझै पूरा नभएको प्रचण्डको स्वीकार (भिडिओ) – Nepal Press

सहीदहरूका सपना अझै पूरा नभएको प्रचण्डको स्वीकार (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहिदहरूले देखेको सपना अझै पूरा हुन नसकेको बताएका छन् ।

कृष्णसेन इच्छुक स्मृति दिवसका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले सहिदको सपना अझै पूरा नभएको भन्दै समाजवाद स्थापनाका निम्ति सामाजिक रुपान्तरणको अभियानको आवश्यकतामा जोड दिए ।

विभिन्न आन्दोलनबाट संघीय लोकतान्त्रिक गणतन्त्रमा रहेको र संविधानमा अबको राज्य समाजवादउन्मुख हुने उल्लेख हुनु सानो विषय नभएको उनको भनाइ थियो ।

‘अहिले सिष्टमको कमजोरीका कारण समाज रुपान्तरण क्रान्तिकारी ढंगले नभइ दिग्भ्रम र विचलनतिर गइरहेको छ’, प्रचण्डले भने । उनले त्याग र साधनाको संस्कृति अपनाउने कुरामा प्रतिबद्ध भएमात्रै कृष्ण सेनप्रति सच्चा श्रद्धाञ्जली हुने बताए ।

कार्यक्रममा कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार-२०७८ गोविन्द आचार्यलाई, कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार-२०७९ महेश्वर दाहाललाई प्रदान गरिएको थियो भने शक्ति-तारा स्मृति पत्रकारिता पुरस्कार-२०७८ बलराम थापा र शक्ति-तारा स्मृति पत्रकारिता पुरस्कार-२०७९ लक्ष्मी पुनलाई प्रदान गरिएको थियो ।

२०५९ जेठ १३ गते प्रदर्शनीमार्गस्थित महेन्द्र पुलिस क्लबमा हिरासतमा रहेका बेला कृष्णसेन ‘इच्छुक’को हत्या भएको थियो ।


प्रतिक्रिया

One thought on “सहीदहरूका सपना अझै पूरा नभएको प्रचण्डको स्वीकार (भिडिओ)

  1. तिमी र तिम्राे परिवारकाे उद्देश्य पूरा भैगयाे । विदेशीकाे दलाली गर्न पाईएकै छ । अरूकाे लागि यस्तै समाराेहमा सहानुभुति दिने हाे ।

Leave a Reply to ksp pyl Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर