लागुऔषध मुद्दामा शाहरूखका छोरा आर्यनले पाए सफाइ – Nepal Press

लागुऔषध मुद्दामा शाहरूखका छोरा आर्यनले पाए सफाइ

काठमाडौं । बलिउडका सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानलाई नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले हाई प्रोफाइल मुम्बई क्रुज ड्रग्स केसमा सफाइ दिएको छ ।

आर्यन खानलाई गत वर्ष ड्रग एजेन्सीले मुम्बईको तटमा एक क्रुजमा छापा मारेर लागूऔषध फेला पारेपछि अन्य कैयौं व्यक्तिहरूसँग पक्राउ गरेको थियो। उनी अक्टोबर २०२१ मा पक्राउ परेका थिए र २० दिन भन्दा बढी जेलमा बिताएका थिए। पछि उनलाई जमानत दिइयो ।

घटनाको छानबिन गर्न विशेष अनुसन्धान टोली गठन गरिएको थियो जसले आर्यन र क्रुजमा रहेका अर्का एक व्यक्ति बाहेक सबै अभियुक्तबाट लागुऔषध बरामद भएको बताएका थिए ।

भारतीय मिडियाका अनुसार आर्यन खानसँग लागुऔषध नभेटेपछि विशेष अनुसन्धान टोलीले उनलाई सफाइ दिएको हो । अक्टोबर २,२०२१ बाट चलेको यो केसले मे २०२२ मा आएर क्लिन चिट पाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर