१५ अंकले घट्यो बजार, १ अर्ब २९ करोड कारोबार – Nepal Press

१५ अंकले घट्यो बजार, १ अर्ब २९ करोड कारोबार

काठमाडौं । आज सेयर बजार १५.८२ अंकले घटेको छ । ०.७१ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २२२३.७८ अंकमा झरेको छ ।

१ अर्ब २९ करोड ८९ लाख ५ हजार ५ सय रुपैयाँ बराबारको सेयर कारोबार भएको छ । २ सय २३ वटा कम्पनीका ४१ लख ४० हजार ६ सय ६५ कित्ता सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै प्रभु बैंकको प्रोमोटर सेयर कारोबार भएको छ । सो कम्पनीको १७ करोड ६० लाख ७५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । भने, रुरु जलविद्युत परियोजनाको सबैभन्दा धेरै सेयर मूल्य वृद्धि भएको छ । सो कम्पनीको आज ६।१३ प्रतिशत सेयर मूल्य वृद्धि भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर